• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालूको नेपाली कांग्रेस वडा सभापतिमा सन्तोष पोखरेल सर्वसहमतिले चयन

  • 4 वर्ष पहिले

दिपक बस्नेत भदौ १७, तामाकोशी ।
तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालूको नेपाली कांग्रेस वडा सभापतिमा सन्तोष पोखरेल सर्वसहमतिले चयन हुनुभएको छ ।
गाउँपालिकाको वडा नम्बर ४ मालू डाँडा गाउँमा भएको एक कार्यक्रमका विच पोखरेल नेपाली कांगे्रस वडा सभापतिमा चयन हुनु भएको हो । सभापतिमा सर्वसहमतिले चयन भएपछि पोखरेलले मालूको समग्र हितका लागि जिम्मेवार भई जनताको हितमा कर्तव्य बोध गर्दै सम्पुर्ण समय मालूको विकास र हक अधिकार स्थापित गर्न खर्चने प्रतिक्रिया दिनु भयो ।
कार्यक्रमले उपसभापतिमा यज्ञ बहादुर बस्नेत र मनोज खड्कालाई चयन गरेको छ भने पुरुषोत्तम पोखरेल सचिवमा चयन हुनु पएको छ । दलित प्रतिनिधि सुमन बयलकोटी हुनुहुन्छ भने जनजातिमा भुवन श्रेष्ठ हुनुहुन्छ । अन्य पदाधिकारी घोषण हुन बाँकी रहेको बताइएको छ ।

4 वर्ष पहिले    659 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology