• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

विजयादशमी पुजनोत्सवको कार्यक्रम महाविर युवा कमिटिले गरे सार्वजनिक

  • 2 वर्ष पहिले

जनकपुरधाम ।
जनकपुरधाममा प्रत्येक वर्ष हर्षोउल्लास पुर्वक धुमधामले मनाईदै आएको विजयादशमी पुजनोत्सवको कार्यक्रम सार्वजनिक गरिएको छ ।


जनकपुरधामका प्रतिष्ठित महाविर युवा कमिटिले विजयादशमीमा गरिने पुजनोत्सवको दस दिने कार्यक्रम शुक्रबार पत्रकार सम्मेलन माफर्त सार्वजनिक गरेको हो । कमिटिका अध्यक्ष अजय गुप्ताले घटस्थापना देखि रावणवद्ध सम्मको कार्यक्रम सार्वजनिक गरेका छन् । कार्यक्रम अनुसार आइतबार घटस्थापना पुजा,कर्तिक ४ गते फुलपातीमा विहान सातबजे भव्य बेलतोरीको कार्यक्रम हुने छ भने साझ साढे ६ बजे भव्य श्रृगार एवम महाआरती कार्यक्रम हुने जनाइएको छ ।

त्यसैगरी र्काितक ५ गते महाष्टमीमा आइतबार सन्ध्या सातबजे देखि बली प्रदान कार्यक्रम हुनेछ । त्यसैगरी कमिटिले कार्तिक ७ गते मंगलबार मर्यादा पुरुषोत्तम भगवान श्रीरामचन्द्रको दिउसो १ बजे भव्य विजय जुलुस मनाउने छ भने साझ ६ बजे धनुष सागरको डिलमा रावण वधको कार्यक्रम हुने अध्यक्ष गुप्ताले बताए । त्यसैगरि सोहि दिन संध्या सातबजे नौ कन्याको भोजन र रात्री आठबजे राजदेवी माता मन्दिर परिसरमा महाप्रसाद वितरण गरिने लगायतको कार्यक्रम सार्वजनिक गरिएको छ ।


अध्यक्ष गुप्ताले बली प्रदानको लागि लागने रकम यसबर्ष पहिले जस्तै रहेको बताउदै बली प्रदानपछि जनकपुरधामको सडकहरुमा रगतनै रगत बग्दा फोहर हुने गरेकोले सार्वजनिक फोहर संयोजनका निमित जनकपुरधाम उपमहानगरपालिका संग संयोजन गरिएको र बली प्रदान गर्नेहरुलाइ जनकपुरधाम उपमहानगरपालिकाले प्लास्टिकका बोरा प्रदान गरि सडकमा रगत बग्ने समस्याबाट निजात दिलाउने बताए । त्यसैगरि सुरक्षा अवस्थालाई चुस्त दुरुस्त बनाउन ३२ वटा सिसि क्यामरा जडान गरिएको बताउदै उनले भजन संध्या हेर्नमा भक्तजनलाई कठिनाई हुदै आएकोमा अब देखि बाहिर पनि ठुलो स्क्रिनको व्यवस्था गरि कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाइएको समेत उनले जानकारि दिए ।

2 वर्ष पहिले    478 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology