• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

विजयादशमीको सातौं दिन शक्तिपिठ र पण्डालहरुमा फुलपाती भित्रयाइए

  • 2 वर्ष पहिले


जनकपुरधाम ।
विजयादशमीको सातौं दिन जनकपुरधाम सहित यस क्षेत्रका शक्तिपिठ र पण्डालहरुमा फुलपाती भित्रयाइएको छ । फुलपातीको विधिलाई यहाँ बेलतोरी विधी समेत भनिन्छ ।

जनकपुरधामको मुख्य शक्तिपिठ माता राजदेवी मन्दिरबाट महन्थराम गिरि को नेतृत्व र आयोजक महाविर युवा कमिटिको अगुवाईमा आज पनि बाजागाजा सहित निक्लेको टोली हिजो आमन्त्रण गरिएको बेलको विधिपुर्वक पुजापाठ गरि मन्दिरमा भित्राइएको छ । बेलको रुखमा एउटै हाँगामा फलेको एक जोडा बेललाई कपडाले बाधेर निमन्त्रणा दिइएको हुन्छ ।

विधिपूर्वक तोडेर डोलामा सजाएर बेललाई भगवतीको रुपमा ल्याएर देवीको प्रतिमामा विराजमान गराईएपछि फुलपाती सम्पन्न हुन्छ । सोहि विधी पछि पण्डालहरुमा बनार्ईएको माँ दुर्गा भावनी सहितको देवीदेवताको मुर्ती दर्शनका लागि आजैबाट खुल्ला गरिन्छ । प्रत्येक वर्ष जस्तै फुलपातीको अवसरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली बाजाजागा सहित सहभागि भएका छन् । सो अवसरमा सशस्त्र प्रहरी र नेपाली सेनाले दुई÷दुई तोपको सलामी समेत अर्पण गरेका छन् ।

टोलीमा स्थानिय सरकारका प्रमुख, उपप्रमुख, प्रशासनिक निकायका प्रमुखहरु, प्रदेश र संघिय सांसदहरु सहित विशिष्ठ व्यक्तिहरुको सहभागिता हुने गर्दछ । दशैंमा ९ दिन सम्म शक्तिपीठ तथा घरमा पूजा अर्चना सहित दुर्गा भगवतीके स्तोत्र पाठ गरिन्छ । नवरात्रीको सातौ दिन माँ कालरात्रीको पुजापाठ भइरहेको छ । प्रत्येक दिन नवदुर्गाको एक–एक स्वरूपको आराधना गरिने परम्परा अनुरूप आश्विन शुक्ल सप्तमी तिथिमा देवी कालरात्रीको पूजा–आराधना गरिन्छ ।

2 वर्ष पहिले    362 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology