मिथिलाका नारीहरूले सौभाग्यवती एवं सन्तानको कामना गर्दै देवी दुर्गाको खोइँछ भर्ने विधि सम्पन्न गरे
जनकपुरधाम कार्तिक ५गते मिथिलाको शक्तिपीठहरुमा आज मिथिलाका नारीहरूले सौभाग्यवती एवं सन्तानको कामना गर्दै देवी दुर्गाको खोइँछ भर्ने विधि सम्पन्न गरेका छन् । नवरात्री सुरू भएदेखि नै देवी दुर्गाको उपासना गर्दै आएका विवाहित मैथिल महिलाहरुले शक्तिपीठमा दुबो, धान, दुबो , बेसारको गिँड , सिन्दूर, सुपारी,पान र भेटी सहितको पोका देवी दुर्गाको पोल्टामा चढाउँदै पराम्परागत खोइँछ भर्ने विधि सम्पन्न गरेका हुन् । भगवती दुर्गा असोज शुक्ल प्रतिपदाका दिन माइतमा आउने, नौ दिनसम्म माइतमै बस्नेर विजय दशमीका दिन ससुराली जाने गर्दछिन् भन्ने मान्यताको आधारमा खोइँछ भर्ने परम्परा रहेको छ । मिथिलाञ्चलका शक्तिपीठहरु, देवी मन्दिर र देवीको प्रतिमा स्थलमा विवाहित मैथिल महिलाको घुइँचो लागेको थियो । खोइँछ भर्ने परम्परा कोखसँग सम्बन्धित रहेकाले भगवती दुर्गाको सान्निध्यताले आनन्द, सुख, आरोग्य र जन्म धन्य हुने विश्वासले मैथिल महिलाहरू खोइँछ भर्ने गरेको संस्कृतिविदहरु बताउँछन् । त्यसैगरि राजा जनकको कुलदेवी राजदेवी मन्दिरमा बेलुका आठ बजेबाट बोकाबली प्रदान हुने आयोजक कमिटिले जानकारि दिएका छन् ।
2 वर्ष पहिले
  
610 Post Views