• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

मिथिलाञ्चलमा कोजाग्रत पूर्णिमा मनाईँदै

  • 2 वर्ष पहिले

जनकपुरधाम
कार्तिक११ गते
कोजाग्रत पूर्णिमाको अवसर पारेर प्रत्येक वर्षजस्तै यस वर्षपनि महोत्तरीको रतौलीबाट १ सय १ पाहुर जानकी मन्दिरमा ल्याइएको छ । महोत्तरीको रतौलीका स्व। महेन्द्र प्रसाद ठाकुरको घरबाट मन्दिरमा ल्याइएको पाहुरबाटै भगवान् सीतारामको चुमाओन गर्ने परम्परा रहेको छ ।


पाहुरमा पान, मखान, लड्डु, खाजा, चामल, दाल तरकारी, भगवान् राम र माता जानकीको कपड़ा ल्याइएको छ । रतौलीबाट जानकी मन्दिरमा पाहुर ल्याउने परम्परा १ सय ४१ वर्षदेखि चल्दै आईरहेको र यो परम्परालाई कहिले टुट्न नदिने प्रतिवद्धता नविन ठाकुरले व्यक्त गर्नुभयो ।


कोजाग्रत पूर्णिमालाई भव्य बनाउनका लागि जानकी मन्दिरमा भजन किर्तनको आयोजना गर्ने गरिन्छ । प्रत्येक वर्ष उत्सवको बेला हास्यपरिहासको कार्यक्रमको आयोजना समेत हुने गरेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताउनु भयो ।


यता कोजाग्रत पूर्णिमाका नवविवाहित पुरुष र महिलाका लागि यो पर्व विशेष उत्सवको रुपमा रहन्छ । आजको दिन बेहुलाको घरमा ससुरालीबाट पाहुर आउने गर्दछ । सोही पाहुरले बेहुलाको चुमाओन गरिन्छ । चुमाओन पछि विशेष मन्त्र उच्चारण गर्दै बेहुलालाई दुरवाच्छत दिईने गरिन्छ । त्यसपछि बेहुलाको घरमा भोजभतेरको आयोजना गर्ने गरिन्छ । कोजाग्रत पूर्णिमा दिन मिथिलाञ्चलमा पान मखान गाउँमा बाँड्ने परम्परा समेत रहेको छ ।

2 वर्ष पहिले    319 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology