• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

धनुषाको हँसपुर वडा सुगा निकासमा प्रहरीको गोली लागेर दुईजना घाइते

  • 1 वर्ष पहिले

धनुषाको हँसपुर वडा सुगा निकासमा प्रहरीको गोली लागेर दुईजना घाइते भएको छ ।
एक जना स्थानियको प्रहरी कुटाईबाट निधन भएपछि आक्रोसित गाउँवासीहरु प्रहरी चौकी घेराउ गर्न पुगेपछि प्रहरीले गरेको गोली फायरमा स्थानीय ३६ वर्षीय शंकर मण्डल र १८ वर्षीय मतलुब अन्सारी घाइते भएको हो ।
घाइते मध्ये मण्डललाई थप उपचारका लागि काठमाडौ रेफर गरिएको छ भने अन्सारीको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममै भइरहेको प्रहरीले जनाएको छ ।
स्थानिय दिप मण्डललाई विवादको घटनामा प्रकाउ गरि ईलाका प्रहरी कार्यालयमा लगिएका बेला प्रहरी सई तुलानन्द ठाकुरको पिटाईबाट मण्डलको संवेदनशिल अंगमा चोट लागेर मृत्यु भएको थियो । सो घटनाले आक्रोशित स्थानीय ईप्रका अगाडि प्रदर्शन गएको बेला झडप भएको हो । अहिले सुगा निकासको अवस्था तनागग्रस्त रहेकोछ ।
यता जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आक्रोशित स्थानीयको भीड़ले इलाका प्रहरी कार्यालयमा आगजनी गर्न थालेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको जनाएको छ ।

1 वर्ष पहिले    183 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology