• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

१५ जिल्लाका १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

  • 6 महीना पहिले

जनकपुरधाम माघ १८

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १५ जिल्लाका १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ ।
निर्वाचन आयोगका अनुसार मतपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्र, भक्तपुरमा जारी छ । हालसम्म डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, सल्यान र जाजरकोट जिल्लाको प्रत्यक्षतर्फको मतपत्र छपाइ सकिएको छ ।
त्यसैगरी दैलेख निर्वाचन क्षेत्र नम्बर १ र २, सुर्खेत क्षेत्र नम्बर १ र २, रुकुमपश्चिम, बाजुरा तथा अछाम निर्वाचन क्षेत्र नम्बर १ र २, कैलाली निर्वाचन क्षेत्र नम्बर १, झापा निर्वाचन क्षेत्र नम्बर ५ र सुनसरी निर्वाचन क्षेत्र नम्बर १ को मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।
यसैबीच, नमूना मतपत्रतर्फ १० लाख ९८ हजार २०० प्रति छपाइ गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

6 महीना पहिले    213 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology