मधेस प्रदेशसभाको ८औँ वार्षिकोत्सव विशेष कार्यक्रमसहित मनाइँदै

जनकपुरधाम ।माघ २०

मधेस प्रदेशसभाले स्थापना भएको ८ वर्ष पूरा गरेको अवसरमा विविध कार्यक्रमसहित वार्षिकोत्सव मनाउने तयारी गरेको छ । माघ २१ गते आजकै दिन ८ वर्षअघि प्रदेशसभाको पहिलो बैठक बसेको स्मरणमा प्रत्येक वर्ष वार्षिकोत्सव आयोजना हुँदै आएको छ ।
वार्षिकोत्सवको अवसरमा मधेस प्रदेशसभाले मानव सेवा आश्रम, जानकी वृद्धाश्रम, कबिर बाल आश्रम लगायतका सामाजिक संस्थाहरूलाई सहयोग प्रदान गरेको छ । साथै वृक्षारोपण तथा सरसफाइ कार्यक्रमसमेत सम्पन्न गरिसकेको छ ।
यसै अवसरमा मंगलबार प्रदेशसभामै ‘वित्तीय संघीयता’ विषयक विशेष कार्यक्रमको आयोजना गरिएको थियो । माघ २१ गते प्रदेशप्रमुख डा. सुरेन्द्र लाभको प्रमुख आतिथ्यतामा विशेष वार्षिकोत्सव कार्यक्रम आयोजना गरिने प्रदेशसभा सभामुख रामअशिष यादवले जानकारी दिनुभयो ।
वार्षिकोत्सव कार्यक्रमका लागि मिथिला कला झल्किने विशेष स्टेज निर्माण गरिएको छ भने मिथिला संस्कृतिलाई झल्काउने सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरिने जनाइएको छ ।
प्रदेशसभा गठन भएको ८ वर्षको अवधिमा हालसम्म ७० वटा विधेयक निर्माण भई पारित भइसकेका छन् ।

27 दिन पहिले    157 Post Views