• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

मधेसलाई कमजोर बनाउने खेल स्वीकार्य छैन : जसपा अध्यक्ष यादव

  • 6 महीना पहिले

जनकपुरधाम, माघ २१
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आउने दिनमा समृद्ध र शक्तिशाली मधेस मधेसी जनताले आफैं निर्माण गर्ने दाबी गरेका छन्।
जनकपुरधाममा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले मधेस र मधेसी समुदायलाई विगतदेखि नै अधिकारबाट बञ्चित गर्ने प्रयास हुँदै आएको उल्लेख गरे। अब मधेसी जनता स्वयं अग्रसर भएर समृद्ध तथा शक्तिशाली मधेस निर्माण गर्नुपर्ने उनको भनाइ थियो।
नेपालमा निर्वाचन क्षेत्र बाँडफाँट गर्दा मधेससँग बेइमानी गरिएको आरोप लगाउँदै यादवले जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनुपर्ने बताए। उनले भने, “मैले निर्वाचन लडेको सप्तरी–३ मा १ लाख १७ हजारभन्दा बढी जनसंख्या छ तर प्रतिनिधि एक जना मात्रै छन्, जबकि पहाडी भू–भागमा १०–१२ हजार जनसंख्यामा एक प्रतिनिधि छन्। के यो बेइमानी होइन?”
यसमा एमाले, कांग्रेस र माओवादीलगायत दलहरूको षड्यन्त्र रहेको आरोप अध्यक्ष यादवले लगाए।
उनले थपे, “जनसंख्याको आधारमा निर्वाचन क्षेत्र बनाइयो भने मधेसले नै देश कब्जा गर्छ भन्ने धारणा एमालेमा छ। कांग्रेस भने मधेसको मत प्रयोग गरेर सांसद बन्ने खेलमा मात्र लागेको छ।” राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ इंगित गर्दै यादवले घण्टी चिन्हधारी शक्ति पनि कांग्रेस–कम्युनिष्टकै सोही लाइनमा रहेको आरोप लगाए।
कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टी परित्याग गरेका संजय चौधरी, संजय सिंह, कामेश्वर झासहित दर्जनौँ नेता तथा कार्यकर्ता जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका थिए।

6 महीना पहिले    265 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology