• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

राष्ट्रिय मुक्ति पार्टी त्याग गर्दै संजय चौधरीसहित दर्जनौँ जसपा नेपालमा प्रवेश

  • 6 महीना पहिले

जनकपुरधाम ।,21
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति मोर्चा पार्टी परित्याग गरी दर्जनौँ नेता तथा कार्यकर्ता जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् । उनीहरूलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरीबाट जनकपुरधाम पुगेर औपचारिक रूपमा पार्टी प्रवेश गराएका हुन् ।
पार्टी प्रवेश गर्ने प्रमुख नेताहरूमा संजय कुमार चौधरी, संजय सिंह, कामेश्वर झा, बैद्यनाथ कुमार सिंह, विजय कुमार राम, नितु यादव, अशोक ठाकुर, राजाराम कापर, किशुन नायक, पुलक यादव, फुलो देवी पासवान, रामचन्द्र दास, बरतुन पासवान लगायत रहेका छन् ।
त्यस्तै, जिल्ला उपाध्यक्ष तथा सदस्यका रूपमा शंकर कुमार पासवान, बिरेन्द्र पासवान, जीवन कुमार साह, चन्द्रिका मण्डल, प्रकाश ठाकुर, दिनेश साह, इन्द्रजीत दास र राजु कुमार चौधरीसमेत जसपा नेपालमा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता संजय चौधरीले मधेसका शक्तिहरू छिन्नभिन्न हुँदा मधेसको राजनीतिक शक्ति कमजोर बन्दै गएको उल्लेख गरे । मधेस र संघीयतालाई मजबुत बनाउन मधेस केन्द्रित शक्तिहरू एक ठाउँमा उभिनु आजको आवश्यकता भएको बताउँदै सोही सोचका साथ आफूहरू जसपा नेपालमा प्रवेश गरेको उनले बताए ।

6 महीना पहिले    183 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology