• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

हंसपुर नगरप्रमुख प्रदीप यादवको निधन, धनुषामा शोक

  • 5 महीना पहिले

जनकपुरधाम,  माघ २७।
धनुषाको हंसपुर नगरपालिकाका नगरप्रमुख प्रदीप कुमार यादवको ६० वर्षको उमेरमा निधन भएको छ । मस्तिष्कघातपछि उपचारका क्रममा सोमबार साँझ काठमाडौँमा उनको निधन भएको हो ।
चार दिनअघि निवासमै मस्तिष्कघात भएपछि उनलाई जनकपुरधाम हुँदै हेलिकप्टरमार्फत काठमाडौँ लगिएको थियो । तर चिकित्सकको प्रयास सफल हुन सकेन ।
मधेश प्रदेश नगरपालिका संघका अध्यक्षसमेत रहेका यादव सरल र विकासप्रेमी नेताका रूपमा परिचित थिए । नगर विकास, सेवा प्रवाह र सुशासनमा उनको योगदान उल्लेखनीय रहेको स्थानीयको भनाइ छ ।
उनको पार्थिव शरीर पुर्ख्यौली गाउँ हंसपुर–५ बेलहीमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिसहित विभिन्न राजनीतिक नेताहरूले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।
यादवको निधनप्रति शोक व्यक्त गर्दै नेपाली कांग्रेसले आजका सबै राजनीतिक तथा चुनावी कार्यक्रम स्थगित गरेको छ । उनी श्रीमती, दुई छोरा र एक छोरी छाडेर गएका छन् ।

5 महीना पहिले    214 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology