• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

निर्वाचन आयोगको निर्देशनः फागुन ३ भित्र चुनावी घोषणापत्र सार्वजनिक गरी पेस गर्नुपर्ने

  • 5 महीना पहिले

काठमाडौं माघ २७ ।

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनमा सहभागी राजनीतिक दलहरूलाई आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरी निर्वाचन आयोगमा पेस गर्न निर्देशन दिएको छ ।
सोमबार बसेको आयोगको बैठकले घोषणापत्र पेससम्बन्धी निर्देशन जारी गर्ने निर्णय गरेको हो । निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार निर्वाचनमा भाग लिने राजनीतिक दलहरूले आगामी फागुन ३ गतेभित्र चुनावी घोषणापत्र सार्वजनिक गरी आयोगमा पेस गर्नुपर्नेछ ।
त्यसैगरी, पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूले पनि सोही मितिभित्र घोषणापत्र सार्वजनिक गरी सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने आयोगले जनाएको छ ।
निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा निर्वाचन आचारसंहिता २०८२ को दफा ३७ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५७ बमोजिम घोषणापत्र पेस गर्न निर्देशन दिइएको उल्लेख गरिएको छ ।

5 महीना पहिले    219 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology