विशेष अदालतबाट सफाइ पाएसँगै दिपेन्द्र ठाकुरको निलम्बन समाप्त

जनकपुरधाम,  फागुन १।
मधेश प्रदेश सभा सचिवालयले धनुषा निर्वाचन क्षेत्र नं. ३ (२) बाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य दिपेन्द्र कुमार ठाकुरको निलम्बन समाप्त भएको जनाएको छ ।
नेपाल सरकार वादी र सुवोध कुमार ठाकुर समेत प्रतिवादी रहेको भ्रष्टाचार (हानी नोक्सानी) सम्बन्धी मुद्दा ०८१–CR–००२१ विशेष अदालत मा दर्ता भई विचाराधीन रहेपछि ठाकुर २०८२ जेठ २७ गतेदेखि निलम्बनमा परेका थिए ।
तर, उक्त मुद्दामा विशेष अदालत ले माघ २५ गते सफाइ दिने फैसला गरेसँगै उनको निलम्बन कायम नरहेको सचिवालयले स्पष्ट पारेको छ ।
सचिवालयका अनुसार अदालतबाट सफाइ पाएपछि फैसला भएकै मितिदेखि लागू हुने गरी ठाकुर पुनः पदमा बहाल भएका छन् ।
प्रदेश सभा सचिव बासु प्रसाद कोइरालाद्वारा जारी सूचनामा मुद्दाको अन्तिम किनारा लागिसकेको र निलम्बन स्वतः समाप्त भएको उल्लेख गरिएको छ ।

17 दिन पहिले    104 Post Views