• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव फागुन ५ देखि

  • 5 महीना पहिले

जनकपुरधाम फागुन २।
जनकपुरधाममा साहित्य, कला तथा नाट्य गतिविधिलाई प्रवर्द्धन गर्ने उद्देश्यले पाँचौँ श्रृंखलाको जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव फागुन ५ गतेदेखि सुरु हुने भएको छ। महोत्सव फागुन ८ गतेसम्म सञ्चालन हुनेछ।
मैथिली विकास कोषको आयोजना तथा शिक्षा तथा संस्कृति मन्त्रालय र जनकपुरधाम उपमहानगरपालिकाको सह–आयोजनामा हुन लागेको महोत्सवमा २० भन्दा बढी विविध कार्यक्रम समावेश गरिएका छन्। उद्घाटन समारोहपछि नगरमा शोभायात्रासहित सांस्कृतिक झाँकी प्रस्तुत गरिने कार्यक्रम रहेको छ।
महोत्सव अवधिभर विद्यालयस्तरीय वक्तृत्वकला, कविता वाचन तथा लोकनृत्य प्रतियोगिता, मिथिला चित्रकला कार्यशाला र प्रदर्शनी, पुस्तक प्रदर्शनी, मैथिली आख्यान लेखन तथा विभिन्न समसामयिक विषयमा विमर्शात्मक कार्यक्रम आयोजना गरिनेछन्।
नाट्य प्रस्तुतीतर्फ नेपालका मिनाप र रङ्गदर्पण तथा भारतको चेतना समितिले सहभागिता जनाउनेछन्। ‘छुतहा घैल’, ‘कथा नइ भेटल’, ‘जटजटिन’ र ‘देसिल बयना बहुरुपिया’ लगायतका नाटक मञ्चन गरिने आयोजकले जनाएको छ।
सांस्कृतिक कार्यक्रमसँगै ‘उठलै किए विहाडि ?’, ‘पग पग पोखरि पियासल लोक’, ‘भाषाः राजकाज र समाज’, ‘मैथिली साहित्यक समकालीन स्त्रीवाद’ तथा ‘सामाजिक सञ्जालः अवसर र चुनौती’ जस्ता विषयमा विशेषज्ञहरूले विचार राख्नेछन्।
कोषका अध्यक्ष जीवनाथ चौधरीका अनुसार महोत्सवको विशेष आकर्षणका रूपमा मिथिला भोजन, चित्रकला तथा हस्तकला प्रदर्शनीका साथै नेपाली र भारतीय विद्वान तथा गायक–गायिकाको सांगीतिक प्रस्तुति पनि रहनेछ।

5 महीना पहिले    277 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology