• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

धनुषा–४ मा जसपा नेपालका डा. इन्जिनियर कृष्णचन्द्र प्रसाद शाहको उम्मेदवारी, जित सुनिश्चित रहेको दाबी

  • 5 महीना पहिले

जनकपुरधाम, फागुन ३।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि धनुषा निर्वाचन क्षेत्र नम्बर ४ बाट कृष्णचन्द्र प्रसाद शाह ले आफ्नो उम्मेदवारी दिएका छन्। उनी जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का तर्फबाट चुनावी मैदानमा उत्रिएका हुन्।
उम्मेदवारी घोषणा गरेसँगै डा. इन्जिनियर शाह यतिबेला घरदैलो तथा जनसम्पर्क अभियानमा व्यस्त छन्। गाउँ–टोल र बस्ती–बस्तीमा पुग्दा जनताबाट उल्लेखनीय माया, साथ र समर्थन प्राप्त भइरहेको उनले बताएका छन्। “जनताको अपार माया र विश्वासले मेरो जित सुनिश्चित भएको छ,” उनले दाबी गरे।
उनका अनुसार आफ्नो पारिवारिक पृष्ठभूमि, समाजसेवामा निरन्तर संलग्नता र जनकपुरप्रतिको उदार योगदानका कारण मतदातामाझ सकारात्मक सन्देश पुगेको छ। इन्जिनियरिङ पृष्ठभूमि र दक्षताका आधारमा विकास निर्माणका काम प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता उनले व्यक्त गरे।
डा. शाहले कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिक एजेन्डा बनाउँदै विजयी भएपछि यी क्षेत्रमा ठोस योजना र परिणाममुखी काम गर्ने प्रतिबद्धता जनाएका छन्। “मेरो प्राविधिक ज्ञान र अनुभवलाई विकासमा रूपान्तरण गर्नेछु,” उनले भने।
धनुषा–४ मा यस पटकको प्रतिस्पर्धा रोचक देखिएको छ। उक्त क्षेत्रमा महेन्द्र यादव (कांग्रेस) र रघुवीर महासेठ (नेकपा एमाले) पनि उम्मेदवार रहेका छन्। प्रमुख दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ।

5 महीना पहिले    443 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology