• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

जनकपुरधामका शिवालयमा भक्तजनको घुइँचो

  • 5 महीना पहिले

जनकपुरधाम फागुन ३

फागुन कृष्ण त्रयोदशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदै छ। वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू बिहानै स्नान गरी शिवालयमा पुगेर श्रद्धापूर्वक पूजा–अर्चना गर्ने परम्परा रहेको छ।
जनकपुरधामका विभिन्न शिवालयहरूमा समेत बिहानदेखि नै भक्तजनहरूको घुइँचो लागेको छ। विशेषगरी शिवचोकस्थित शिव मन्दिर, स्वर्गद्वारीको शिव मन्दिर, कपिलेश्वरनाथ महादेव मन्दिर तथा कुपेश्वर नाथ महादेव मन्दिरमा विशेष पूजा–अर्चना तथा धार्मिक कार्यक्रम आयोजना गरिएको छ।
पुराणहरूमा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख रात्रिको महत्व वर्णन गरिएको छ। तीमध्ये फागुन कृष्ण त्रयोदशीमा पर्ने शिवरात्रिलाई विशेष महत्त्वका साथ मनाइन्छ। यस अवसरमा भक्तजनहरूले व्रत बस्ने, शिव मन्दिरमा पूजा–अर्चना गर्ने तथा भगवान् शिवलाई प्रिय मानिने दूध, धतुरो र बेलपत्र चढाउने परम्परा रहेको छ।

5 महीना पहिले    49 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology