• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

नेपाली कांग्रेसको प्रतिज्ञापत्र जनकपुरधामबाट सार्वजनिक गरिने

  • 5 महीना पहिले

जनकपुरधाम, फागुन ३

 नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचन केन्द्रित आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गर्ने कार्यक्रम सारिएको जनाएको छ।
यसअघि आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा तय गरिएको कार्यक्रम स्थगित गर्दै अब प्रतिज्ञापत्र जनकपुरधाममा हुने चुनावी सभामार्फत सार्वजनिक गर्ने निर्णय गरिएको हो।
पार्टीका प्रवक्ता देवराज चालिसेले संशोधित कार्यतालिकाअनुसार फागुन ६ गते मधेश प्रदेशको जनकपुरधामबाट चुनावी अभियानको औपचारिक सुरुआत गर्दै सोही अवसरमा प्रतिज्ञापत्र सार्वजनिक गरिने जानकारी दिए।
उनका अनुसार निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूलाई आइतबारसम्म घोषणापत्र पेस गर्न समयसीमा तोकेकाले आयोगमा प्रतिज्ञापत्र भने निर्धारित समयमै बुझाइनेछ। सार्वजनिक कार्यक्रम भने बुधबारका लागि सारिएको हो।
कांग्रेसले मधेश प्रदेशबाटै चुनावी अभियान प्रारम्भ गरेर संगठनात्मक सन्देश दिन खोजेको विश्लेषण गरिएको छ। जनकपुरधाममा हुने सभालाई पार्टीले विशेष प्राथमिकताका साथ तयारी गरिरहेको जनाएको छ।

5 महीना पहिले    153 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology