• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

मिथिला मध्यमा परिक्रमा सुरु : कचुरीबाट डोला प्रस्थान, १५ दिनमा १३३ किमि यात्रा

  • 5 महीना पहिले

जनकपुरधाम फागुन ४ ।
मिथिलाको महाकुम्भका रूपमा परिचित धार्मिक तथा ऐतिहासिक १५ दिने मिथिला मध्यमा परिक्रमा धनुषाको मिथिला बिहारी नगरपालिका–८ कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट विधिवत् रूपमा सुरु भएको छ।
मन्दिरबाट झाँकी–कीर्तनसहित डोला निकालिएको हो। मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादव तथा साधुसन्तहरूले संयुक्त रूपमा डोला प्रस्थान गराएपछि परिक्रमा औपचारिक रूपमा आरम्भ भएको हो।
हजारौँ साधुसन्त र श्रद्धालु सहभागी हुने यस परिक्रमामा १५ दिनको अवधिमा करिब १३३ किलोमिटर यात्रा तय गरिन्छ। नेपाल र भारतका गरी १५ स्थानमा रात्रि विश्राम गर्ने परम्परा रहेको छ।
कचुरीबाट निस्किएको परिक्रमामा सहभागी श्रद्धालुहरू पहिलो दिन साँझ जनकपुरधामस्थित हनुमानगढीमा पुगेर विश्राम गर्नेछन्। साथै, जनकपुरधामको सुन्दर सदन मन्दिरबाट किशोरीजी र रामजानकीसहित अन्य मन्दिरका डोलाहरू पनि समाहित हुनेछन्। हनुमानगढीबाट मंगलबार विधिवत् रूपमा परिक्रमा अगाडि बढाइने कार्यक्रम छ।
अठारौँ शताब्दीदेखि सञ्चालन हुँदै आएको मिथिला मध्यमा परिक्रमा १५औँ दिन जनकपुरधाम पुगेर अन्तःगृह परिक्रमा सम्पन्न गरेपछि मिथिलाञ्चलमा होली पर्व मनाउने परम्परा छ। मन, वचन र कर्मले परिक्रमामा सहभागी भए पाप नष्ट भई मनोकामना पूरा हुने तथा मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेको छ।

5 महीना पहिले    127 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology