• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

गौमाताको आशिर्वादसहित जुली महतोद्वारा चुनावी अभियान सुरु

  • 5 महीना पहिले

जनकपुरधाम फागुन ४।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले)बाट धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएकी जुलीकुमारी महतोले औपचारिक रूपमा चुनावी प्रचार–प्रसार सुरु गरेकी छन्।


निर्वाचन आयोगले तोकेको समयअनुसार आजबाट औपचारिक प्रचार अभियान सुरु भएसँगै महतोले जनकपुरधाम–४ स्थित सीताराम गौशालामा पुगेर गौमातालाई आहार खुवाउँदै आफ्नो अभियान प्रारम्भ गरेकी हुन्। गौशालाको निरीक्षणसमेत गर्दै उनले त्यहाँ रहेका गाईलाई आहार खुवाएकी थिइन्।


उम्मेदवार महतोले गौमाताको आशिर्वाद ग्रहण गर्दै चुनावी मैदानमा होमिएको बताउँदै आगामी निर्वाचनमा जित एमालेकै हुने दाबी गरिन्।
निर्वाचन आयोगको निर्देशनअनुसार आजदेखि उम्मेदवारहरूले औपचारिक रूपमा प्रचार–प्रसार सुरु गरेका छन्। सोही क्रममा महतोले धार्मिक तथा सांस्कृतिक आस्थासँग जोडिएको स्थलबाट आफ्नो चुनावी अभियान अघि बढाएकी हुन्।

5 महीना पहिले    141 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology