• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

धनुषा–४ मा डा. इन्जिनियर कृष्णचन्द्रप्रसाद शाहको प्रचार तीव्र, घरदैलोमा जनताको उत्साह

  • 5 महीना पहिले

जनकपुरधाम फागुन ५

धनुषा क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार डा. इन्जिनियर कृष्णचन्द्रप्रसाद शाह ले आफ्नो प्रचार–प्रसार अभियानलाई तीव्र बनाएका छन्। कृष्णचन्द्र प्रसाद शाह जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट उम्मेदवारी दिएका शाहले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै प्रचार कार्यालय उद्घाटन गरेका हुन्।
हाल उनी घरदैलो कार्यक्रममा व्यस्त छन्। पुरण दाहाल लगायतका क्षेत्रमा आयोजित घरदैलो कार्यक्रममा सहभागी हुँदा जनताबाट पाएको प्रेम, स्नेह र उत्साहले आफू उत्साहित भएको उनले बताएका छन्।
शिक्षा, रोजगारी, युवालाई विदेश पलायनबाट रोक्ने योजना तथा स्वास्थ्य क्षेत्रको सुधार आफ्नो मुख्य एजेन्डा रहेको उनको भनाइ छ। इन्जिनियरिङ अनुभव र सीपको आधारमा धनुषा क्षेत्र नम्बर ४ मा विकासका विभिन्न कामहरू अगाडि बढाउने प्रतिबद्धता उनले जनतामाझ व्यक्त गरेका छन्।
विगतमा विभिन्न पार्टीका उम्मेदवारलाई अवसर दिइसकेको भन्दै यसपटक परिवर्तनका लागि आफूलाई मौका दिनुपर्ने आवाज जनस्तरबाट उठिरहेको उनले दाबी गरे। “परिवर्तनको आधार, विकासको मार्ग” भन्ने जसपा नेपालको नारासहित उनको चुनावी अभियान जारी रहेको छ

5 महीना पहिले    350 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology