• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

परिवर्तनको नारा झुठको पुलिन्दा मात्र: धनुषा–३ मा एमाले उम्मेदवार जुली महतो

  • 5 महीना पहिले

जनकपुरधाम फागुन ५

। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले) बाट धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएकी जुली कुमारी महतोले परिवर्तनको नारा दिने उम्मेदवारहरू झुठको पुलिन्दा मात्र बुनिरहेको आरोप लगाएकी छन्।
मंगलबार जनकपुरधाम–१ स्थित रेल्वे स्टेशन परिसरमा रहेको हनुमान मन्दिरमा पूजा–अर्चना गरी घरदैलो अभियानको औपचारिक सुरुवात गर्दै उम्मेदवार महतोले नयाँ–पुरानोको नारा दिएर परिवर्तनको वाचा गर्नु मतदातालाई भ्रममा पार्ने प्रयास भएको बताइन्।
उनले भनिन्, “यहाँका जनतालाई राम्रोसँग थाहा छ, सांसद बन्नकै लागि परिवर्तनको नारा दिइँदैछ। पहिले नै सांसद भइसकेका व्यक्तिले फेरि नयाँको नारा दिनु भनेको जनतालाई बरगलाउनु हो।”
महतोले धनुषावासी मतदाता एमालेको ‘सुखी नेपाली, समृद्ध नेपाल’ अभियानप्रति विश्वासमा रहेको दाबी गर्दै व्यवस्था परिवर्तनभन्दा विकासका लागि उद्देश्य परिवर्तन आवश्यक रहेको बताइन्। देश विकासको स्पष्ट र व्यावहारिक खाका एमालेसँग मात्रै रहेको कुरा जनताले बुझेको उनको भनाइ थियो।
यसैबीच, एमाले जनकपुरधाम–१ का वडा सभापति अर्को पार्टीमा प्रवेश गरेको प्रसंग उल्लेख गर्दै उनले एक व्यक्तिको पार्टी त्यागले संगठन समाप्त नहुने स्पष्ट पारिन्। “उहाँ जहाँ जानु भएको छ, अन्ततः एमालेलाई नै सहयोग गर्नुहुन्छ,” उनले व्यङ्ग्य गर्दै भनिन्।
घरदैलो अभियानका क्रममा उम्मेदवार महतोले स्थानीय मतदाताका समस्या सुन्नुका साथै समाधानका लागि हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

5 महीना पहिले    264 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology