• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

महोत्तरी–३ मा अरविन्द ठाकुरको घरदैलो अभियान तीव्र, रोजगारी र विकासमा जोड

  • 5 महीना पहिले

महोत्तरी फागुन ५
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरी निर्वाचन क्षेत्र नम्बर–३ बाट जनमत पार्टीका उम्मेदवार अरविन्द ठाकुर यतिबेला घरदैलो कार्यक्रममा व्यस्त छन्।
घरदैलोका क्रममा आफ्नो स्पष्ट एजेन्डासहित मतदातासमक्ष पुग्दा जनताबाट उत्साहजनक साथ र समर्थन पाइरहेको ठाकुरले बताएका छन्। जनताको प्रेम, स्नेह र विश्वासले आफू थप जिम्मेवार र उत्साहित बनेको उनको भनाइ छ।
ठाकुरले शिक्षा, स्वास्थ्य र सडक पूर्वाधारलाई प्राथमिकतामा राख्दै क्षेत्रको समग्र विकासका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन्। साथै वैदेशिक रोजगारीका कारण विदेशिएका युवालाई स्वदेशमै रोजगारी सिर्जना गरी फर्काउने योजना आफ्नो मुख्य एजेन्डा रहेको उनले उल्लेख गरे।
घरदैलोका क्रममा मतदाताहरूले विगतमा निर्वाचित प्रतिनिधिहरूले चुनाव जितेपछि क्षेत्रलाई उपेक्षा गरेको गुनासो राख्ने गरेको ठाकुरले बताए। “जुनसुकै पार्टीका उम्मेदवार जिते पनि विकासको गति सुस्त रह्यो, नेताहरू जितेपछि फर्केर आएनन् भन्ने गुनासो जनतामा छ,” उनले भने।
मतदाताहरू यसपटक पार्टीभन्दा माथि उठेर काम गर्ने, नयाँ सोच र योजनासहितको नेतृत्व चाहिरहेको प्रतिक्रिया घरदैलोका क्रममा सुन्न पाइने गरेको उनले बताए।
आफू यही क्षेत्रमै जन्मेर हुर्किएको र इन्जिनियरिङ पृष्ठभूमि भएको उल्लेख गर्दै ठाकुरले पूर्वाधार विकास, शिक्षा सुधार, स्वास्थ्य सेवाको पहुँच विस्तार तथा विदेशिएका युवालाई स्वदेश फर्काउने योजनामा आफ्नो अनुभव उपयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
महोत्तरी–३ मा यसपटक प्रतिस्पर्धा कडा देखिएको छ। स्थानीयका अनुसार जनमत पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ। निर्वाचन मिति नजिकिँदै जाँदा क्षेत्रको राजनीतिक माहोल झनै तातेको छ

5 महीना पहिले    265 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology