• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

सम्मानित जीवनदेखि आत्मनिर्भर कृषिसम्म: गगनकुमार थापाको समग्र विकासको संकल्प

  • 5 महीना पहिले

जनकपुरधाम फागुन ६

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले हरेक नेपालीलाई सम्मानित जीवन बिताउने अवसर सुनिश्चित गर्दै देशको समग्र विकास गर्ने आफ्नो भिजन सार्वजनिक गरेका छन्।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले प्रत्येक नागरिकलाई सपना देख्ने र त्यसलाई जीवनकालमै साकार पार्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाए।
थापाले कृषकलाई विकासको केन्द्रमा राख्दै नेपाललाई आत्मनिर्भर र उत्पादनमुखी राष्ट्र बनाउने योजना प्रस्तुत गरे। “नेपाललाई पेटभरि खुवाउने मात्र होइन, आफ्नै उत्पादनलाई विश्वभर चिनाउने किसानको देश बनाउँछौँ,” उनले भने।
उनले शिक्षामा लगानी प्रभावकारी बनाउँदै परिवारले छोराछोरीलाई पढाउन ऋण लिन नपर्ने अवस्था सिर्जना गर्ने लक्ष्य व्यक्त गरे। साथै, स्वास्थ्य सेवामा सुधार गर्दै उपचार गर्दा नागरिकलाई डर नलाग्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता दोहोर्याए।
थापाले नेपालको मौलिकता जोगाउँदै आधुनिकतासँगै अघि बढ्ने योजना पनि अघि सारे। “नेपाललाई मौलिकतामा गौरव गर्ने र आधुनिकतामा लम्किने देश बनाउँछौँ। विश्वले हाम्रो देशलाई स्वाभिमानी राष्ट्रका रूपमा चिन्नेछ,” उनले बताए।
उनका अनुसार नागरिकले दैनिकीमा भोग्ने हैरानी अन्त्य गर्दै सम्मानित जीवन सुनिश्चित गर्नु नै पार्टीको मुख्य संकल्प हो।
यसअघि नेपाली कांग्रेसले १० बुँदे विस्तृत भिजन तथा चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्दै सुशासन, समृद्धि र समावेशी विकासको प्रतिबद्धता व्यक्त गरिसकेको छ।

5 महीना पहिले    199 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology