• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

जनकपुरधाममा परिवर्तनको लहर सबै पुस्तामा : रास्वपा उम्मेदवार मनिष झा

  • 5 महीना पहिले

जनकपुरधाम, फागुन ७ ।
धनुषा निर्वाचन क्षेत्र नम्बर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी  का उम्मेदवार मनिष झाले यस पटकको निर्वाचनमा सबै उमेर समूहका मतदाता परिवर्तनको पक्षमा देखिएको बताएका छन्।
घरदैलो अभियानका क्रममा उनले मतदाताको मनस्थिति परिवर्तनतर्फ उन्मुख रहेको महसुस गरेको बताए। जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ मा आयोजित घरदैलो कार्यक्रममा उनले आफ्नो उम्मेदवारीप्रति युवामा मात्रै आकर्षण रहेको भन्ने धारणा गलत भएको दाबी गरे। अन्य पुस्तामा समेत उल्लेखनीय समर्थन देखिएको उनको भनाइ थियो।
युवाहरूले आफ्ना धारणा सडक र सामाजिक सञ्जालमार्फत खुला रूपमा व्यक्त गर्ने गरे पनि वरिष्ठ पुस्ता पनि वर्तमान राजनीतिक परिवेशप्रति असन्तुष्ट रहेको उनले उल्लेख गरे। उनका अनुसार परिवर्तन नहुँदा कस्तो मूल्य चुकाउनुपर्छ भन्ने अनुभव वरिष्ठ पुस्ताले गरिसकेकाले उनीहरू पनि यस पटक नयाँ विकल्पको खोजीमा छन्।
झाले जनताले खोजेको परिवर्तन रास्वपाले व्यवहारमै उतारेर देखाउने दाबी गरे। आफूहरू केवल नारामै सीमित नभई परिणाममुखी परिवर्तनको पक्षमा रहेको उल्लेख गर्दै त्यसका लागि आफ्ना योजना र दृष्टिकोण जनतामाझ पुर्‍याइरहेको उनले बताए।
विगतमा पटकपटक राजनीतिक तथा संवैधानिक परिवर्तन भए पनि जनताले अपेक्षा गरेको परिणाम नआएको भन्दै उनले यस निर्वाचनमा मतदाताले परिणाममुखी परिवर्तनका लागि नयाँ शक्तिलाई साथ दिने विश्वास व्यक्त गरे।

5 महीना पहिले    199 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology