पोस्टरविहीन अभियानमा मनिष झा, स्वच्छ शहरको

जनकपुरधाम, फागुन ८

। मनिष झा ले आफ्नो निर्वाचन क्षेत्रमा पोस्टर नटाँसी चुनावी प्रचार अभियान सञ्चालन गर्ने घोषणा गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी का केन्द्रीय प्रवक्ता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका उम्मेदवार झाले शहरलाई स्वच्छ र सुन्दर राख्ने उद्देश्यले पोस्टरविहीन अभियान अघि बढाउने निर्णय गरेका हुन्।
झाले राजनीतिक अभ्यासमार्फत देश र नगरलाई सुन्दर बनाउने लक्ष्य रहेको उल्लेख गर्दै प्रचारप्रसारका नाममा शहर कुरूप बनाउनु उपयुक्त नहुने बताएका छन्। उनले आफ्ना पार्टी कार्यकर्तालाई धनुषा क्षेत्र नम्बर ३ भित्र कुनै पनि स्थानमा पोस्टर टाँस्ने वा भित्ते लेखन नगर्न स्पष्ट निर्देशन दिएका छन्।
उनका अनुसार निर्वाचन अभियान सभ्य, व्यवस्थित र वातावरणमैत्री हुनुपर्ने आवश्यकता बढ्दो छ। उनले अन्य राजनीतिक दल तथा उम्मेदवारलाई पनि प्रचार सामग्री प्रयोग गर्दा शहरको सौन्दर्य र सरसफाइलाई ध्यान दिन आग्रह गरेका छन्।
झाको निर्णयलाई स्थानीयवासी, नागरिक समाज तथा विभिन्न संघसंस्थाले सकारात्मक रूपमा लिएका छन्। स्वच्छ, जिम्मेवार र मर्यादित राजनीतिक संस्कार विकासका लागि यस्तो पहल प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ।

10 दिन पहिले    288 Post Views