धनुषा–३ मा कांग्रेस प्रवेशको लहर, निधिको घरदैलो अभियान तीव्र

जनकपुरधाम, फागुन ८

 विमलेन्द्र निधि धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रूपमा यतिबेला घरदैलो अभियानमा सक्रिय देखिएका छन्। नेपाली कांग्रेस का तर्फबाट उम्मेदवारी दिएका निधिले निर्वाचन नजिकिँदै जाँदा गाउँ–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै पार्टीका नीति, कार्यक्रम तथा भावी योजनाबारे जानकारी गराइरहेका छन्।
यसैक्रममा धनौजी गाउँपालिका–४ मा आयोजित घरदैलो तथा भेटघाट कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का जिल्ला सदस्य इन्जिनियर रामसागर साहसहित दर्जनभन्दा बढी नेता–कार्यकर्ताले कांग्रेस प्रवेश गरेका छन्। उनीहरूले आगामी निर्वाचनमा निधिलाई सघाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
कांग्रेस प्रवेश गर्ने नेताहरूले वर्तमान राजनीतिक परिस्थितिमा लोकतन्त्र र संविधानको रक्षा तथा क्षेत्रको समग्र विकासका लागि कांग्रेस उपयुक्त विकल्प भएको धारणा राखेका छन्। निधिको अनुभव, नेतृत्व क्षमता र विकासप्रतिको प्रतिबद्धताबाट प्रभावित भएर पार्टीमा आबद्ध भएको उनीहरूको भनाइ छ।
कार्यक्रममा बोल्दै उम्मेदवार निधिले पार्टी प्रवेश गर्ने सबैलाई स्वागत तथा धन्यवाद दिँदै विभिन्न दलबाट आएका नेता–कार्यकर्तालाई सम्मानका साथ जिम्मेवारी दिइने बताए। उनले सबैलाई एकताबद्ध भएर क्षेत्र विकासमा जुट्न आह्वान गरे।
‘जनताको भरोसा र साथ नै मेरो सबैभन्दा ठूलो शक्ति हो,’ भन्दै निधिले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता दोहोर्‍याए।
यस अवसरमा एमाले परित्याग गरी दर्जनभन्दा बढी तथा जनमत पार्टी बाट चार जना नेता–कार्यकर्ताले समेत कांग्रेस प्रवेश गर्दै निधिलाई विजयी गराउने प्रतिबद्धता जनाएका

10 दिन पहिले    100 Post Views