• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

धनुषा–३ मा रास्वपाप्रति युवाको आकर्षण बढ्दो, सयौँ युवा पार्टी प्रवेश

  • 5 महीना पहिले

जनकपुरधाम, फागुन १०

।धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति युवाहरुको आकर्षण बढ्दै गएको देखिएको छ।
पछिल्ला केही दिनयता क्षेत्रमा निरन्तर रूपमा युवाहरु तथा विभिन्न पेशा–व्यवसायसँग आबद्ध व्यक्तिहरु रास्वपामा प्रवेश गरिरहेका छन्।
यसैक्रममा आलु–प्याज व्यवसायी संघ जनकपुरधामका अध्यक्ष सुरज साह र उद्योग वाणिज्य संघ जनकपुरधामका कार्यकारिणी सदस्य दुर्गेश साह पनि रास्वपामा आबद्ध भएका छन्। परिवर्तनमुखी राजनीतिक अभियानलाई सघाउने उद्देश्यले पार्टीमा प्रवेश गरेको उनीहरुले बताएका छन्।
आइतबार जनकपुरधाम उपमहानगरपालिका–७ भ्रमरपुरा चोक र वडा नं. १ मा आयोजित छुट्टाछुट्टै पार्टी प्रवेश कार्यक्रममा एक सयभन्दा बढी युवाहरु रास्वपामा प्रवेश गरेका छन्।
नवप्रवेशीहरुलाई पार्टीका प्रवक्ता तथा धनुषा–३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनिष झाले स्वागत गरे। कार्यक्रममा बोल्दै झाले रास्वपाले अघि सारेको परिवर्तनको अभियान जनस्तरसम्म पुगिरहेको कुरा प्रवेशको बढ्दो लहरले पुष्टि गरिरहेको बताए।
युवाहरुमा देखिएको उत्साह र सहभागिताले पार्टी अभियानलाई थप बल पुग्ने विश्वास उनले व्यक्त गरे। स्थानीय स्तरमा युवाको बढ्दो सक्रियतासँगै धनुषा–३ को चुनावी माहोल झन् सक्रिय बन्दै गएको देखिन्छ।

5 महीना पहिले    308 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology