• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

‘जय घण्टी’ जनजनको नारा बनिसक्यो : धनुषा–३ मा मनिष झाको दाबी

  • 5 महीना पहिले

जनकपुरधाम फागुन १२ ।
धनुषा निर्वाचन क्षेत्र नम्बर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मनिष झाले जनकपुरधाममा ‘जय घण्टी’ अभिवादन नै जनताको नारा बनिसकेको बताएका छन् । परिवर्तनको शंखनाद भइसकेको भन्दै उनले ‘जय घण्टी’ अहिले जनजनको ओठमा बसिसकेको दाबी गरे ।
घरदैलो अभियानका क्रममा मतदाताले आफैं ‘जय घण्टी’ भन्दै स्वागत गर्दा देशमा परिवर्तनको लहर सुरु भइसकेको महसुस हुने उनले बताए । “मन्दिरमा भगवानको दर्शन गर्न जाँदा जसरी घण्टी बजाएर भगवानलाई जगाउँछौं, त्यसरी नै घण्टीले यहाँका जनता र मतदातालाई जगाएको छ,” उनले भने ।
मतदाता यसपटक सचेत र जागरूक बनेको उल्लेख गर्दै झाले आगामी निर्वाचनमा परिवर्तन निश्चित रहेको दाबी गरे । अबको राजनीति जातिपाती वा परिवार केन्द्रित नभई देशको समृद्धि, सुशासन र सार्वजनिक सेवामा सुधारका लागि केन्द्रित हुने उनको भनाइ छ ।
मंगलबार उम्मेदवार झा धनुषा–३ अन्तर्गत मुखियापट्टी मुसहरनिया र तुल्सियाही क्षेत्रमा घरदैलो कार्यक्रममा पुगेका थिए । सो क्रममा स्थानीयवासीले उनलाई न्यानो स्वागत गरेका थिए । त्यसअघि उनले जनकपुरधामस्थित बार एसोसिएसनमा अधिवक्ताहरूसँग अन्तरक्रिया समेत गरेका थिए ।

5 महीना पहिले    209 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology