• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

विभाजनको राजनीति अब नचल्ने, सुशासनसँगै विभेदविरुद्ध आवाज उठाउँछौं : रवि लामिछाने

  • 5 महीना पहिले

जनकपुरधाम, फागुन १३ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले देशलाई विभाजित गर्ने राजनीति अब जनताले स्वीकार नगर्ने बताउनुभएको छ।
जनकपुरधामस्थित जानकी मन्दिर मा पूजा–अर्चना पश्चात् मन्दिर परिसरमै आयोजित सम्बोधनमा उहाँले हिमाल, पहाड र तराईलाई अलग्याउने राजनीति अब नचल्ने स्पष्ट पार्नुभयो। “विभाजनको नाममा चलाइएका राजनीतिक दुकानहरू यस पटक बन्द हुनेछन्, अब नेपालको मात्रै राजनीति चल्छ,” उहाँले भन्नुभयो।
उहाँले अघिल्लो निर्वाचनमा रास्वपाले सुशासनको नारा अघि सारे पनि विभेदविरुद्ध सशक्त आवाज उठाउन नसकेको स्वीकार गर्दै यस पटक सुशासनसँगै विभेदविरुद्धको आवाजलाई बुलन्द बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
लामिछानेले अहिले इतिहास लेखिने समय आएकाले त्यसमा हरेक नेपाली सहभागी हुनुपर्नेमा जोड दिनुभयो। “यदि हामी इतिहास लेख्न चुकेँ भने इतिहास नै गलत लेखिनेछ,” उहाँले भन्नुभयो।
उहाँले वर्षौंदेखि सुनिँदै आएको जानकी मन्दिरलाई विश्व सम्पदामा सूचीकृत गर्ने प्रतिबद्धता र जनकपुरधामको रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माणको मुद्दा चुनावी नारामै सीमित भएको उल्लेख गर्दै अब ती प्रतिबद्धता पूरा गर्ने समय आएको बताउनुभयो। साथै, प्रत्येक मतको इमानदारीपूर्वक सम्मान गर्ने प्रतिबद्धता पनि जनाउनुभयो।
कार्यक्रमअघि सभापति लामिछानेले जानकी मन्दिरमा विशेष पूजा–अर्चना गर्नुभएको थियो। त्यस क्रममा उहाँले जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवसँग समेत भेटवार्ता गर्नुभएको थियो।

5 महीना पहिले    318 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology