विकासको निरन्तरताका लागि मत दिन आग्रह गर्दै जुलीकुमारी महतोको परिवर्तन नारामाथि प्रश्न
जनकपुरधाम फागुन १३।
धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा चुनावी सरगर्मी तीव्र बन्दै जाँदा जुलीकुमारी महतोले परिवर्तनको नारा दिनेहरूप्रति कडा टिप्पणी गर्दै विकासको निरन्तरताका लागि मतदाताको साथ मागेकी छन्।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)की उम्मेदवार महतो धनौजी गाउँपालिकामा घरदैलो अभियानका क्रममा मतदातासँग भेटघाट गर्दै नयाँ–पुरानोको नारा दिएर भ्रम फैलाउने प्रयास भइरहेको आरोप लगाइन्। ‘सांसद बन्नकै लागि परिवर्तनको झुठा नारा दिइँदैछ। पहिले नै सांसद भइसकेका व्यक्तिले नयाँको नारा दिनु जनतालाई बरगलाउनु हो,’ भन्दै उनले अप्रत्यक्ष रूपमा प्रतिस्पर्धी उम्मेदवारप्रति संकेत गरिन्।
उनले एमालेको ‘सुखी नेपाली, समृद्ध नेपाल’ अभियानप्रति मतदाता विश्वस्त रहेको दाबी गर्दै व्यवस्था परिवर्तनभन्दा पनि विकासका मुद्दामा आवाज उठाउनु अहिलेको आवश्यकता भएको बताइन्।
घरदैलो अभियानका क्रममा महतोले स्थानीय बासिन्दाका समस्या, गुनासा र सुझाव सुन्दै समाधानका लागि हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरिन्। केही विकास योजनाहरू कार्यकाल पूरा नहुँदै निर्वाचनमा जानुपरेकाले अधुरा रहेको उल्लेख गर्दै ती योजनालाई पूर्णता दिन पुनः अवसर दिनुपर्नेमा उनले जोड दिइन्।
महतोले जनकपुरधामलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आफूले विशेष पहल गरेको दाबी गरिन्। नयाँ राजनीतिक दलहरूले स्पष्ट नीति र दृष्टिकोणबिना पुराना दलप्रति वितृष्णा फैलाउने प्रयास गरिरहेको आरोप लगाउँदै उनले एमाले संविधान रक्षा, राष्ट्रिय स्वाधीनता र विकासको एजेन्डामा अडिग रहेको बताइन्।
मधेसको विकासका लागि एमाले नेतृत्वकै सरकारले महत्वपूर्ण योजनाहरू अघि बढाएको स्मरण गराउँदै उनले धनुषा–३ को समग्र विकासका लागि सुरु गरिएका अधुरा काम पूरा गर्न आफू प्रतिबद्ध रहेको
5 दिन पहिले
  
80 Post Views


