• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

एकताले उत्साहित कांग्रेस, बहुमतको दाबी गर्दै मैदानमा निधि

  • 5 महीना पहिले

जनकपुरधाम, फागुन १३ 

धनुषा निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विमलेन्द्र निधि ले पार्टीभित्र अहिले कुनै ठूलो विवाद नरहेको दाबी गरेका छन् । उनका अनुसार नेपाली कांग्रेस नयाँ ऊर्जा, एकता र उत्साहका साथ चुनावी मैदानमा उत्रिएको छ ।
जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै निधिले फागुन ६ गते सम्पन्न आमसभालाई कांग्रेसका लागि सकारात्मक संकेतका रूपमा व्याख्या गरे । विशाल जनसहभागिताले संगठनको मजबुती र जनविश्वास दुवै प्रष्ट पारेको उनले बताए ।
उनले महामन्त्री गगन कुमार थापा को नेतृत्वमा देखिएको युवा सक्रियताले पार्टीमा थप ऊर्जा भरेको उल्लेख गरे । उम्मेदवार चयनदेखि चुनावी रणनीतिसम्म कांग्रेस बलियो अवस्थामा रहेको उनको दाबी छ ।
मधेशमा चुनावी गतिविधि तीव्र बन्दै जाँदा कांग्रेसले संगठन विस्तार, घरदैलो र जनसंपर्कलाई प्राथमिकतामा राखेको उनले बताए । स्थानीय मुद्दा, विकास र राजनीतिक स्थायित्वलाई केन्द्रमा राख्दै कांग्रेसले बहुमतसहित सरकार गठन गर्ने विश्वास उनले व्यक्त गरे ।

5 महीना पहिले    203 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology