महोत्तरी–३ मा अरविन्द ठाकुरको घरदैलो तीव्र : विकास र रोजगारीको प्रतिबद्धता
महोत्तरी, फागुन १३ । महोत्तरी निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अरविन्द ठाकुर यतिबेला घरदैलो कार्यक्रममा व्यस्त छन् । जनमत पार्टी का तर्फबाट उम्मेदवारी दिएका ठाकुरले क्षेत्रका विभिन्न बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवादलाई तीव्रता दिएका छन् ।
घरदैलोका क्रममा उनले जनताका गुनासा, सुझाव र जिज्ञासा सुन्दै आफूलाई सही उम्मेदवारका रूपमा समर्थन गर्न आग्रह गरिरहेका छन् । उनले प्रलोभन र झुटा आश्वासन दिने दलहरूबाट सचेत रहन मतदातालाई अपिल गरेका छन् ।
ठाकुरले शिक्षा, रोजगारी र समग्र विकासलाई आफ्नो मुख्य एजेन्डा बनाएको उल्लेख गर्दै निर्वाचित भएमा यी क्षेत्रमा प्राथमिकताका साथ पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनका अनुसार महोत्तरी–३ नेताहरूको राजनीतिक केन्द्र बने पनि अपेक्षित विकास हुन सकेको छैन । पछिल्लो समय विभिन्न आन्दोलनपछि केही युवामा अन्योल देखिएको उल्लेख गर्दै उनले भ्रममा नपर्न र तथ्यका आधारमा निर्णय लिन आग्रह गरेका छन् ।
आगामी निर्वाचनलाई लक्षित गर्दै ठाकुरले जनताको विश्वास जित्ने र विकासमुखी राजनीति अघि बढाउने प्रतिबद्धता दोहोर्याएका छन् ।
5 दिन पहिले
  
103 Post Views


