• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

निर्वाचन लक्षित तीन दिन धनुषाका भारतसँग जोडिएका सबै सीमानाका बन्द

  • 5 महीना पहिले

जनकपुरधाम, फागुन १४ ।

प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, स्वच्छ र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले धनुषाका भारतसँग जोडिएका सबै सीमानाका तीन दिनका लागि बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको सूचनाअनुसार फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म जिल्लाका सम्पूर्ण सीमा नाका बन्द रहनेछन्।
प्रशासनका अनुसार मतदान अवधिभर आवतजावतमा नियन्त्रण गर्दै सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन सीमा बन्द गर्ने निर्णय गरिएको हो। यस अवधिमा अत्यावश्यक सेवाबाहेक सीमा पार आवागमन पूर्ण रूपमा रोक लगाइनेछ।
निर्वाचन प्रक्रियालाई भयरहित र निष्पक्ष बनाउन सुरक्षा निकायसँग समन्वय गरी सीमा क्षेत्रमा निगरानी बढाइने सूचनामा उल्लेख गरिएको छ।
प्रशासनले सर्वसाधारण, व्यवसायी तथा सरोकारवालालाई सो अवधिमा यात्रा तथा ढुवानी व्यवस्थापनका लागि अग्रिम तयारी गर्न आग्रह गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहालद्वारा हस्ताक्षरित सूचनामार्फत निर्वाचन अवधिभर शान्ति–सुरक्षा कायम राख्न सबै पक्षको सहयोग आवश्यक रहेको जनाइएको छ।

5 महीना पहिले    175 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology