• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

संविधान लिकमा फर्काउन जनमत आवश्यक : निधि

  • 5 महीना पहिले

जनकपुरधाम फागुन १५

विमलेन्द्र निधिले संविधानलाई पुनः लिकमा ल्याउनु नै वर्तमान राजनीतिक आवश्यकता भएको बताएका छन्।
जनकपुरधामस्थित आफ्नै निजी निवासमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अहिले संविधान लिक बाहिर गएको जिकिर गर्दै त्यसलाई सही मार्गमा फर्काउनु अपरिहार्य रहेको बताए। उनका अनुसार संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था समेत क्षतिग्रस्त अवस्थामा पुगेको छ।
जेनजी आन्दोलनपश्चात गठन गरिएको सरकार बाध्यात्मक परिस्थितिमा संविधानको मर्म बाहिर गएर बनेको स्मरण गराउँदै उनले मुलुकले प्राप्त गरेका उपलब्धिहरूको रक्षा गर्न निर्वाचन नै सबैभन्दा उत्तम विकल्प भएको उल्लेख गरे।
नेता निधिले संविधानलाई लिकमा ल्याउन र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको संरक्षण गर्न निर्वाचन सफल पार्नु सबैको दायित्व रहेको बताए।
उनले नेपाली कांग्रेसले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा प्रवेश गराउन अग्रणी भूमिका खेलेको स्मरण गराउँदै अहिलेको चुनौती पनि कांग्रेसकै नेतृत्वमा सफलतापूर्वक समाधान गर्न सकिने दाबी गरे।
केही राजनीतिक दलहरू संघीयताको विपक्षमा उभिँदै प्रदेश खारेजीको पक्षमा लागिरहेको आरोप लगाउँदै उनले विगतमा जस्तै राजनीतिक संक्रमणबाट देशलाई निकास दिन नेपाली जनताले पुनः कांग्रेसमाथि विश्वास गर्ने विश्वास व्यक्त गरे।

5 महीना पहिले    153 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology