• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

परिवर्तनको एजेण्डासहित घरदैलोमा मनिष झा, धनुषा–३ मा जनसमर्थनको विश्वास

  • 5 महीना पहिले

जनकपुरधाम फागुन १५।
धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा चुनावी गतिविधि तीव्र बन्दै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मनिष झा घरदैलो अभियानमार्फत मतदातासँग प्रत्यक्ष संवादमा व्यस्त छन् । उनले धनुषा–३ लाई राजनीतिक परिवर्तनको ऐतिहासिक केन्द्रका रूपमा उल्लेख गर्दै आगामी परिवर्तन अभियानमा पनि जनताको साथ प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।
धनौजीमा घरदैलोका क्रममा झाले भने, “अबको राजनीति पद र पैसाको खेल होइन, विचार र नयाँ पुस्ताको नेतृत्वमा आधारित हुनुपर्छ ।”
स्थानीयले उठाएका जीर्ण सडक, बेरोजगारी र युवापलायनका मुद्दालाई आफूले गम्भीरतापूर्वक लिएको बताउँदै उनले सुशासन, पारदर्शिता र परिणाममुखी कामलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए । युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाइने उनको भनाइ थियो ।
“राजनीति पेशा होइन, सेवा हो । प्रणाली सुधारबिना विकासले गति लिन सक्दैन,” उनले जोड दिए ।
झाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रमुख एजेण्डाका रूपमा अघि सारेका छन् । सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि, सीपमूलक तालिम विस्तार तथा सहज स्वास्थ्य सेवा पहुँच सुनिश्चित गर्न संसदमा सशक्त आवाज उठाउने प्रतिबद्धता उनले व्यक्त गरे ।
भेटघाटका क्रममा केही स्थानीयले विगतका प्रतिनिधिहरूले गरेका वाचा पूरा नभएको गुनासो गरेका थिए । त्यसप्रति प्रतिक्रिया दिँदै झाले अब जनताले भाषणभन्दा कामको परिणाम खोजिरहेको उल्लेख गरे ।
रास्वपाले घरदैलो अभियानलाई आगामी दिनमा धनुषा–३ का अन्य वडामा पनि निरन्तरता दिने जनाएको छ ।

5 महीना पहिले    194 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology