• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

धनुषा–३ मा जुलीकुमारी महतोको दाबीः जनविश्वासकै बलमा पुनः जित्ने आत्मविश्वास

  • 5 महीना पहिले

जनकपुरधाम फागुन १५।
धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा चुनावी प्रचारप्रसार तीव्र बन्दै जाँदा नेपाल कम्युनिस्ट पार्टी (एमाले) की प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार जुलीकुमारी महतो ले आफ्नो चुनावी अभियानलाई तीव्रता दिएकी छन् ।
शुक्रबार नगराइन नगरपालिका–४ फुलगामामा घरदैलो अभियानका क्रममा उनले विकास र समृद्धिको स्पष्ट दृष्टिकोण तथा कार्ययोजना एमालेसँग मात्र रहेको दाबी गरिन् । पार्टीको ‘सुखी नेपाली, समृद्ध नेपाल’ नाराले नागरिकको जीवनस्तर उकास्ने दीर्घकालीन लक्ष्य बोकेको उनको भनाइ थियो ।
महतोले मुलुकलाई आर्थिक तथा भौतिक विकासको मार्गमा अघि बढाउन एमाले नेतृत्व अपरिहार्य रहेको उल्लेख गरिन् । धनुषासहित समग्र मधेश प्रदेशको विकासका लागि पार्टीसँग ठोस तथा व्यवहारिक योजना रहेको उनले बताइन् ।
संविधान निर्माण, लोकतन्त्रको संस्थागत विकास र राष्ट्रिय स्वाभिमानका सवालमा एमालेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले राष्ट्रिय हितमा अडिग रहने दल एमाले मात्र भएको जिकिर गरिन् ।
घरदैलो अभियानका क्रममा मतदाताबाट उत्साहजनक तथा सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको दाबी गर्दै महतोले जनविश्वास नै आफ्नो मुख्य शक्ति भएको प्रतिक्रिया दिइन् ।

5 महीना पहिले    167 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology