• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

सुशासन र युवा रोजगारीलाई प्राथमिकता : रास्वपाका मनिष झाको घरदैलो अभियान तीव्र

  • 5 महीना पहिले

जनकपुरधाम फागुन १६।
धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार मनिष झा (राष्ट्रिय स्वतन्त्र पार्टी–रास्वपा) ले चुनावी घरदैलो अभियानलाई तीव्रता दिएका छन्। आधारभूत सेवा, सुशासन र युवा रोजगारीलाई मुख्य एजेन्डा बनाउँदै उनी गाउँ–टोलमा प्रत्यक्ष भेटघाटमा सक्रिय छन्।
शनिबार उनले नगराइन नगरपालिका–२ जटही तथा जनकपुरधाम उपमहानगरपालिका–६ मा घरदैलो कार्यक्रम सम्पन्न गरे। स्थानीय टोल–टोलमा पुगेर नागरिकका गुनासा सुन्दै उनले खानेपानी, ढल व्यवस्थापन, सडक स्तरोन्नति, बेरोजगारी र युवापलायन जस्ता विषयलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए।
धनुषा–३ का बासिन्दाले अझै पनि आधारभूत सेवामा असमानता भोग्नुपरेको उल्लेख गर्दै उनले सम्बन्धित निकाय पारदर्शी र जवाफदेही हुनुपर्नेमा जोड दिए।
“जनताको करबाट सञ्चालन हुने निकायले पारदर्शिता र परिणाममुखी काम देखाउनुपर्छ,” उनले भने, “रास्वपा नेतृत्वमा सरकार बने सुशासन र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्छौं।”
उनले विशेषगरी युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने वातावरण निर्माण गर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। विगतमा गरिएका प्रतिबद्धता पूरा नहुनु दुःखद रहेको उल्लेख गर्दै यसपटक मतदाताको सचेत सहभागिताले सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरे।
घरदैलोका क्रममा स्थानीय बासिन्दाले विकास, पारदर्शिता र प्रभावकारी सेवा प्रवाहप्रति अपेक्षा राख्दै उम्मेदवार झालाई न्यानो स्वागत गरेका छन्।

5 महीना पहिले    208 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology