• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

राष्ट्रिय स्वाधीनता र विकासको स्पष्ट खाका एमालेसँग मात्रै छ : जुलीकुमारी महतो

  • 5 महीना पहिले

जनकपुरधाम फागुन १६।
धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा एमालेकी उम्मेदवार जुलीकुमारी महतो ले ‘परिवर्तन’को नारा दिने उम्मेदवारहरू जनतालाई भ्रममा पार्ने प्रयासमा लागेको आरोप लगाएकी छन्।
जनकपुरधाम–३ मा घरदैलो अभियानका क्रममा उनले नयाँ–पुरानोको बहस उठाएर परिवर्तनको वाचा गर्नु मतदातालाई बरगलाउने रणनीति भएको दाबी गरिन्। “पहिले नै सांसद भइसकेका व्यक्तिले फेरि नयाँको नारा दिनु जनतालाई भ्रमित पार्नु हो,” उनले भनिन्, “यहाँका मतदातालाई थाहा छ—सांसद बन्नकै लागि परिवर्तनको नारा दिइँदै छ।”
उनले धनुषा–३ का नागरिक व्यवस्था परिवर्तनभन्दा विकासको उद्देश्यमा स्पष्टता खोजिरहेको बताइन्। देश विकासका लागि व्यवहारिक र स्पष्ट खाका नेकपा एमालेसँग मात्रै रहेको र मतदाताले त्यसमा विश्वास गरिरहेको उनको दाबी छ।
एमाले जनकपुरधाम–१ का वडा सभापति अर्को दलमा प्रवेश गरेको प्रसंग उल्लेख गर्दै उनले एक व्यक्तिको बहिर्गमनले संगठन कमजोर नहुने बताइन्। “उहाँ जहाँ जानुभएको छ, त्यहाँबाट पनि एमालेलाई नै सहयोग गर्नुहुन्छ,” भन्दै उनले व्यङ्ग्य गरिन्।
घरदैलोका क्रममा मतदाताका समस्या सुन्दै समाधानका लागि प्रतिबद्ध रहेको उनले दोहोर्‍याइन्। नयाँ दलहरूले स्पष्ट नीति र भिजनबिना पुराना दलप्रति वितृष्णा फैलाउने प्रयास गरिरहेको आरोप लगाउँदै उनले एमाले संविधान रक्षा र राष्ट्रिय स्वाधीनताको पक्षमा निरन्तर संघर्षरत दल रहेको उल्लेख गरिन्।

5 महीना पहिले    166 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology