विकासकै आधारमा जित्ने दाबी गर्दै घरदैलोमा व्यस्त शरदसिंह भण्डारी
महोत्तरी, फागुन १७…
जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) का तर्फबाट महोत्तरी क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य पदका प्रत्याशी शरदसिंह भण्डारी यतिबेला चुनावी अभियानलाई तीव्रता दिँदै घरदैलो कार्यक्रममा व्यस्त देखिएका छन्।
आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै भण्डारीले आफ्नो निर्वाचन क्षेत्रमा मतदातासँग प्रत्यक्ष भेटघाट गरिरहेका छन्। घरदैलोका क्रममा उनले विगतमा आफूले गरेका विकास कार्यलाई नै मुख्य एजेन्डा बनाएका छन्।
भण्डारीले शिक्षा, स्वास्थ्य, सडक तथा आधारभूत पूर्वाधारका क्षेत्रमा उल्लेखनीय काम गरेको दाबी गर्दै यही विकासको आधारमा आफू विजयी हुने विश्वास व्यक्त गरेका छन्। “जनताले काम देख्नुभएको छ, त्यसैले मत पनि विकासकै पक्षमा जानेछ,” उनले बताए।
उनले आफ्नो कार्यकालमा विद्यालयको भौतिक संरचना सुधार, स्वास्थ्य संस्थाको स्तरोन्नति तथा सडक विस्तार र स्तरोन्नतिमा पहल गरेको उल्लेख गर्दै आगामी दिनमा पनि क्षेत्रको समग्र विकासलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
घरदैलो कार्यक्रममा स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनले जनताका सुझाव तथा गुनासो सुन्दै आगामी योजनाबारे समेत जानकारी गराइरहेका छन्।
भण्डारीले विकास, स्थायित्व र समृद्धिलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता दोहोर्याउँदै निर्वाचनमा आफूलाई समर्थन गर्न मतदातासँग आग्रह गरेका छन्।
14 घन्टा पहिले
  
59 Post Views


