• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

विजयी भएपछि मनिष झा पुगे निधिको निवास, लिए सल्लाह सुझाव

  • 5 महीना पहिले

जनकपुरधाम फागुन २३।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नम्बर–३ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मनिष झा आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार विमलेन्द्र निधिसँग भेट गरेका छन्।
निर्वाचनमा विजयी भएपछि झा शनिबार निधिलाई भेट्न उनका निवास पुगेका थिए। भेटका क्रममा झाले आफूभन्दा अग्रज नेता भएकाले सल्लाह सुझाव लिनका लागि आएको प्रतिक्रिया दिएका छन्।
झाले निधिले जनकपुरधामको राजनीतिमा अभिभावकत्व भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि त्यही भूमिका कायम राख्न आग्रह गरेका थिए।
यसैबीच निधिले पनि झालाई निर्वाचनमा विजय हासिल गरेकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
धनुषा–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार झाले ४३ हजार ९८८ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विमलेन्द्र निधिले १६ हजार ३३६ मत प्राप्त गरेका थिए।

5 महीना पहिले    267 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology