• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

कालोसूचीबाट नाम हटाउन सर्वोच्चको आदेश, किशोरी साह कमलको उम्मेदवारी कायम हुने बाटो खुल्यो

  • 4 महीना पहिले

जनकपुरधाम फागुन २८ ।
सर्वोच्च अदालतले किशोरी साह कमलको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा नराख्न अन्तरिम आदेश दिएको छ ।
धनुषा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बनेका साहको नाम कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो ।
साहले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले कालोसूचीबाट नाम हटाउन अन्तरिम आदेश जारी गरेको हो । निर्वाचन आयोगले कर्जा सूचना केन्द्रको कालोसूचीको आधारमा उम्मेदवारी खारेज गरेपछि साहले सो केन्द्रलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सर्वोच्च अदालतको आदेशसँगै साहको उम्मेदवारी कायम हुने बाटो खुलेको अधिवक्ता दीपेन्द्र झाले जानकारी दिए ।
निर्वाचन हुनुभन्दा दुई दिनअघि मात्रै निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध उनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए, जसको सुनुवाइ बिहीबारका लागि तोकिएको थियो ।
उम्मेदवारी खारेज भए पनि धनुषा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न ‘घण्टी’ले उल्लेख्य मत प्राप्त गरेको थियो । तर निर्वाचन आयोगले सो क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार मातृका प्रसाद यादवलाई निर्वाचित भएको घोषणा गरिसकेको छ ।

4 महीना पहिले    251 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology