• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

प्रधानमन्त्री सुशिला कार्की चैत ६ मा जनकपुरधाम आउने, जानकी मन्दिरमा पूजा र सुरक्षा छलफल गर्ने

  • 4 महीना पहिले

जनकपुरधाम चैत ५

प्रधानमन्त्री सुशिला कार्की चैत ६ गते जनकपुरधाम आउने कार्यक्रम तय भएको छ। अन्तरिम सरकार सम्हालेपछि उहाँको यो पहिलो जनकपुरधाम भ्रमण हो।
शुक्रबार जुम्लाबाट सिधै जनकपुरधाम आउने कार्यक्रम रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले जानकारी दिनुभयो।
जनकपुरधाममा प्रधानमन्त्री कार्कीले जानकी मन्दिरमा पूजा–अर्चना गर्नुका साथै जिल्लाको सुरक्षा समन्वय समितिका पदाधिकारीसँग छलफल गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो।
प्रधानमन्त्रीको भ्रमणलाई लक्षित गर्दै जानकी मन्दिर, मधेस प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालय तथा सुरक्षा निकायका पदाधिकारी तयारीमा जुटेका छन्।

4 महीना पहिले    372 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology