• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

जनकपुरधाममा प्रधानमन्त्री सुशिला कार्कीको पूजा, महोत्तरी भ्रमणतर्फ प्रस्थान

  • 4 महीना पहिले

जनकपुरधाम, चैत ६ गते ।
प्रधानमन्त्री सुशिला कार्की जनकपुरधाम आइपुगी जानकी मन्दिरमा पूजा–अर्चना गरेकी छन् । अन्तरिम सरकारको नेतृत्व सम्हालेपछि पहिलो पटक जनकपुरधाम आएकी प्रधानमन्त्री कार्की विमानस्थलबाट सिधै जानकी मन्दिर पुगेकी थिइन् ।
मन्दिरमा पूजा–अर्चना गरेपछि उनले मन्दिरका महन्थ तथा पूजारीहरूसँग भेटघाटसमेत गरिन् । पूजा पश्चात् संक्षिप्त प्रतिक्रिया दिँदै उनले जनकपुरधाम भ्रमण अत्यन्त राम्रो रहेको बताइन् । आफू राजनीतिक उद्देश्यले नभई धार्मिक प्रयोजनका लागि मात्र यहाँ आएको उनको भनाइ थियो ।
जनकपुरधाम भ्रमणपछि प्रधानमन्त्री कार्की महोत्तरीतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । महोत्तरीको गौशालास्थित निगौल गाई गौशालाको निरीक्षण गर्ने उनको कार्यतालिका रहेको छ

4 महीना पहिले    270 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology