• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

चैती छठको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ, भोलि उदाउँदो सूर्यसँगै समापन

  • 4 महीना पहिले

जनकपुरधाम चैत १० गते

मिथिलाञ्चलमा आज चैती छठ पर्व अन्तर्गत अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरिँदैछ। गत आइतबारदेखि सुरु भएको यस पर्वको तेस्रो दिन आज साँझ सूर्यास्तको समयमा व्रतालुहरूले श्रद्धापूर्वक अर्घ दिने तयारी गरेका छन्। भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चार दिने पर्व सम्पन्न हुनेछ।
कार्तिक महिनामा मनाइने छठ पर्वजस्तो ठूलो भीड नभए पनि पछिल्ला वर्षहरूमा चैती छठ मनाउने भक्तजनको संख्या क्रमशः बढ्दै गएको छ। चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन ‘नहाय-खाय’का रूपमा शुद्ध भोजन गर्ने परम्परा छ भने दोस्रो दिन ‘खरना’ मनाइन्छ। खरनाका दिन व्रतालुहरूले दिनभर निराहार उपवास बसेर साँझ खष्ठी देवीलाई प्रसाद चढाई भोजन ग्रहण गर्ने गर्छन्। प्रसादमा खीर, केरा, दूध तथा विभिन्न फलफूल समावेश गरिन्छ।
तेस्रो दिन अर्थात् आज साँझ व्रतालुहरू सूर्यास्तभन्दा करिब एक घण्टा अगावै नदी, पोखरी वा जलाशयमा प्रवेश गरी षष्ठी माताको पूजा–आराधना गर्दै सूर्यदेवलाई अर्घ अर्पण गर्छन्। अर्घका लागि मुला, उँखु, भण्टा, ठेकुवा, भुसुवा, केरा, नरिवललगायत सामग्री चढाउने गरिन्छ।
सन्ध्या अर्घपछि व्रतालुहरू रातभर जागरण बस्छन् र भोलिपल्ट चैत्र शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ अर्पण गरी पर्वको विधिवत् समापन गर्ने परम्परा रहेको छ।
चैती छठका अवसरमा गंगासागर, धनुषसागर, अरगज्जा सर लगायतका जलाशयहरूमा श्रद्धालुहरूको घुइँचो लागेको छ भने गाउँगाउँमा पनि भक्तजनहरूले श्रद्धापूर्वक पर्व मनाइरहेका छन्।

4 महीना पहिले    218 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology