• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

रेडक्रसको सदस्यता अभियान जारी, धनुषा शाखामा विवादको चर्चा

  • 4 महीना पहिले

जनकपुरधाम चैत २३

नेपाल रेडक्रस सोसाइटीले देशभर सदस्यता वितरण अभियान सञ्चालन गरिरहेको छ। जिल्ला शाखामार्फत सदस्यता फारम वितरण भइरहेको छ भने अनलाइनमार्फत फारम भर्ने व्यवस्था समेत गरिएको छ।
गत फागुन २५ गतेदेखि सुरु भएको एक महिने अभियान चैत २४ गतेसम्म सञ्चालन हुने जनाइएको छ। केन्द्रीय निर्देशन अनुसार धनुषा जिल्लास्थित रेडक्रस सोसाइटीको कार्यालयबाट समेत सदस्यता फारम भराउने कार्य जारी रहेको छ।
नेपाल रेडक्रस सोसाइटी धनुषाका सभापति नरेशप्रसाद सिंहका अनुसार, “नेपाली नागरिकहरूलाई लक्षित गर्दै सदस्यता वितरण अभियान सञ्चालन गरिएको हो। धनुषास्थित कार्यालयसँगै अनलाइनबाट पनि फारम भर्ने सुविधा उपलब्ध छ।”
रेडक्रसका सिद्धान्त, मूल्य र मान्यताअनुसार तोकिएको प्रक्रिया र शुल्क बुझाएर इच्छुक व्यक्तिहरूले पालिका, जिल्ला, प्रदेश तथा केन्द्रीय तहबाट सदस्यता लिन सक्ने व्यवस्था रहेको उनले जानकारी दिए।
यसैबीच, सदस्यता वितरण पारदर्शी रूपमा भइरहेको दाबी गरिए पनि केही व्यक्तिहरूले शाखालाई बदनाम गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको सिंहले बताए। उनका अनुसार, निवेदन दिने व्यक्तिहरू पहिले नै सदस्य भइसकेका भए पनि फर्जी विवरणका आधारमा पुनः फारम भर्न नपाएको भन्दै गुनासो गरेका छन्।
सभापति सिंहले विधि अनुसार आएका कसैलाई पनि सदस्यता लिनबाट नरोकिएको स्पष्ट पार्दै भने, “अनलाइनमार्फत घरबाटै फारम भर्न सकिने व्यवस्था छ, कसैलाई रोक्ने प्रश्नै उठ्दैन।”
उनले केही व्यक्तिहरूले शाखालाई विवादित बनाएर आफ्नो प्रभाव जमाउन प्रयास गरिरहेको आरोप समेत लगाए। यस्ता गतिविधिले संस्थाको छवि बिगार्ने भएकाले सचेत रहन सबैलाई आग्रह गरिएको छ।
यस विषयमा केन्द्रीय तहसँग जोडिएका केही व्यक्तिहरूको भूमिकाबारे पनि आलोचना भइरहेको बताइएको छ। जिल्लाका पूर्व सभापति समेत रहेका केन्द्रीय अध्यक्ष विनोद शर्मामाथि धनुषा शाखालाई विवादित बनाउने प्रयास गरेको आरोप लागेको छ। यद्यपि, यस सम्बन्धमा उनको आधिकारिक धारणा भने सार्वजनिक भएको छैन।

4 महीना पहिले    318 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology