• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

जलेश्वर–बर्दिबास सडकमा भीषण दुर्घटना : तीन विद्यार्थीको मृत्यु, घाइतेको पहिचान सार्वजनिक

  • 4 महीना पहिले

जनकपुरधाम चैत २४

जलेश्वर–बर्दिबास सडकखण्ड अन्तर्गत बथनाहा गाउँमा आज बिहान दुई मोटरसाइकल एकापसमा ठोक्किँदा आगलागी भई तीन विद्यार्थीको मृत्यु भएको छ। घटनाबारे थप विवरण सार्वजनिक गरिएको छ।
मृत्यु हुनेमा जलेश्वर नगरपालिका–६ बस्ने सुरेन्द्र दासका करिब २० वर्षीय छोरा शुभाष दास, रामदयाल दासका करिब २० वर्षीय छोरा रवि दास तथा एकडारा गाउँपालिका–३ का शत्रुध्न मण्डलका करिब २० वर्षीय छोरा अभिषेक मण्डल रहेका छन्।
आफन्तले शव पहिचान गरेपछि मृतकहरूको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टले जानकारी दिए।
घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा जलेश्वर नगरपालिका–६ का सुरेश दासका करिब १९ वर्षीय छोरा रोहित दास, सोही स्थानका लखिन्द्र कापरका करिब १९ वर्षीय छोरा अभय कापर र एकडारा गाउँपालिका–५ बथनाहाका रामवरण कापरका करिब २० वर्षीय छोरा अजय कापर रहेका छन्।

4 महीना पहिले    223 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology