“आधार–प्रमाण नपुगेपछि रिहा भएँ : ओली”
काठमाडौं चैत २६ । केपी शर्मा ओलीले आफूविरुद्ध मुद्दा चलाउन आवश्यक आधार र प्रमाण सरकारले जुटाउन नसकेपछि अन्ततः रिहा भएको बताएका छन्।
हाजिरी जमानीमा रिहा भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले आफूलाई १३ दिनसम्म गैरकानुनी रूपमा नियन्त्रणमा राखिएको दाबी गरेका छन्।
उनले लेखेका छन्, “सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण ढंगले फौजदारी अभियोग लगाएर १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राख्यो। तर मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु।”
ओलीले आफ्नो रिहाइका लागि आवाज उठाउने सम्पूर्णप्रति धन्यवाद समेत व्यक्त गरेका छन्।
3 महीना पहिले
  
209 Post Views