• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

जानकी फन पार्कमा ‘बगैंचा’ सेवा सुरु, रेस्टुरेन्टदेखि किड्स जोनसम्म नयाँ सुविधा विस्तार

  • 3 महीना पहिले

जनकपुरधाम, बैशाख ६ गते ।
जनकपुरधाम क्षेत्रको प्रमुख मनोरञ्जन गन्तव्यका रूपमा विकसित हुँदै गएको जानकी फन पार्क एण्ड रिसोर्ट प्रा.लि. ले सेवा विस्तार गर्दै नयाँ सुविधाहरू सञ्चालनमा ल्याएको छ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१, रमदैयास्थित रिसोर्टले बैशाख ७ गतेदेखि ‘बगैंचा’ नामक नयाँ सेवा अवधारणा सुरु गरेको हो। यसअन्तर्गत मधेशकै ठूलो क्षमतायुक्त रेस्टुरेन्ट, आधुनिक मिटिङ हल, विभिन्न कार्यक्रमका लागि उपयुक्त ब्यांकेट, बालबालिकाका लागि किड्स प्ले जोन तथा खुला वातावरणमा मनोरञ्जन गर्न मिल्ने ओपन लाउन्ज सञ्चालनमा ल्याइएको सञ्चालक गुड्डु जैनले जानकारी दिए।
रिसोर्टले यसअघि नै ‘वन्डर ल्याण्ड वाटर पार्क’ सञ्चालन गर्दै आएको छ, जसले बालबालिका, युवा तथा पर्यटकलाई लक्षित गर्दै सुरक्षित र मनोरञ्जनात्मक सेवा प्रदान गरिरहेको छ। पछिल्लो समय जनकपुरधाम क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएकाले सेवा विस्तारलाई प्राथमिकता दिइएको जैनको भनाइ छ।
खानपानतर्फ पनि विविधता थपिएको छ। यहाँ थकाली खाना, भारतीय परिकार, कन्टिनेन्टल व्यञ्जनका साथै मिथिला क्षेत्रको मौलिक स्वाद झल्काउने ‘मिथिला थाली’ उपलब्ध गराइएको छ। साथै, हरियाली वातावरणमा भोजनको आनन्द लिन सकिने गार्डेन रेस्टुरेन्ट सुविधा पनि थप गरिएको छ।

3 महीना पहिले    223 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology