• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

जनकपुरधाममा जगदगुरु रामभद्राचार्यको पूजा, प्रधानमन्त्री बालेनप्रति आलोचना

  • 3 महीना पहिले

जनकपुरधाम बैशाख ६

भारतको तुलसी पीठका पीठाधीश्वर तथा प्रसिद्ध कथावाचक जगदगुरु रामभद्राचार्य ले जनकपुरधामस्थित जानकी मन्दिर मा पूजा अर्चना गर्नुभएको छ।
जानकी नवमीको केही दिनअघि जनकपुरधाम आइपुग्नुभएका उहाँले जानकीजीको जन्मभूमि जनकपुरधाम आउँदा आफूलाई अत्यन्त खुशी लाग्ने बताउनुभयो।
पूजा अर्चनापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै रामभद्राचार्यले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह प्रति टिप्पणी गर्दै भारतप्रतिको रबैया ठीक नभएको आरोप लगाउनुभयो। साथै उहाँले प्रधानमन्त्री शाहमा हिन्दुत्वप्रति पर्याप्त प्रेम नरहेको दाबी गर्नुभयो।
उहाँले नेपालमा पछिल्लो समय बढ्दो धर्मान्तरणलाई चिन्ताको विषय भएको उल्लेख गर्नुभयो। साथै, नेपाललाई भारत सरकारले निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग जारी रहने दाबी गर्नुभयो।
जानकी मन्दिर दर्शनका लागि आज जनकपुरधाम आइपुग्नुभएका रामभद्राचार्य आजै भारतको बिहारस्थित सीतामढीको पुनौराधाममा पूजा अर्चना गर्ने कार्यक्रम रहेको छ।

3 महीना पहिले    170 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology