• goldennews24@gmail.com
  • होम पेज
  • रिपोर्ट
  • सामाचार
  • कृषि
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • शिक्षा
  • प्रदेश
  • स्थानिय
  • स्वास्थ्य
  • युनिकोड
  • सम्पर्क

सिया मेडिकेयर अस्पतालको IEE प्रतिवेदनका लागि सार्वजनिक सुनुवाइ सम्पन्न

  • 3 महीना पहिले

जनकपुरधाम वैशाख १९ ।
सिया मेडिकेयरद्वारा प्रस्तावित ५० सैयाको अस्पताल सञ्चालन आयोजनासम्बन्धी प्रारम्भिक वातावरणीय परीक्षण (IEE) प्रतिवेदन तयारीका लागि सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।
जनकपुरधामस्थित कदमचोकदेखि कपलेश्वर जाने बाटोमा रहेको सिया अस्पतालको प्राङ्गणमा आयोजित कार्यक्रममा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले प्रस्तावित अस्पतालले क्षेत्रीय स्वास्थ्य सेवामा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै वातावरणीय पक्षहरूमा ध्यान दिनुपर्ने सुझावहरू समेत प्रस्तुत गरेका थिए।
कार्यक्रममा सिया मेडिकेयरका निर्देशक राजिव कुमार झाले अस्पताल सञ्चालनपछि स्थानीय तहमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास दिलाए। साथै उनले वातावरणीय मापदण्डहरूको पूर्ण रूपमा पालना गरिने प्रतिबद्धता पनि व्यक्त गरे।
सुनुवाइका क्रममा उठाइएका सुझाव तथा चासोहरूलाई समेट्दै अन्तिम वातावरणीय प्रतिवेदन तयार गरिने आयोजक पक्षले जनाएको छ।

3 महीना पहिले    193 Post Views
लोकप्रिय समाचार
राशीफल

Copyright © All rights reserved | Gnews Khabar | Designed by Orangic Smart Technology